अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतको कप्तानी राहाणेले गर्ने, दुई खेलाडीले डेब्यू गर्दै


काठमाडौं – अस्ट्रेलियाविरुद्ध मेलवर्नमा हुने दोस्रो टेस्टमा भारतीय टिमको कप्तानी अजिन्का राहाणेले गर्ने भएका छन्।

शनिबारदेखि सुरु हुने दोस्रो टेस्टमा दुई जना भारतीय खेलाडीले टेस्टमा डेब्यू गर्ने भएका छन्।

जसमा ब्याट्सम्यान शुभमान गिल र तीव्र गतिका बलर मोहमद सिराज छन्।

यस्तै टिममा अलराउन्डर रविन्द्र जडेजा र विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि फर्काएका छन्।

गिलले ओपनर पृथ्वी शाको स्थानमा खेल्नेछन्। यस्तै सिराज घाइते भएका मोहमद सामीको स्थानमा खेल्न लागेका छन्।

पिता बन्न लागेका नियमित कप्तान विराट कोहली बिदामा बसेपछि विराटको स्थानमा अलराउन्डर जडेजाले खेल्न लागेका हुन्।

यता अस्ट्रेलियाको टिममा भने कुनै पनि परिवर्तन गरिएको छैन। पहिलो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको थियो।

भारतीय टिम
मयंक अग्रवाल, शुभमान गिल, चेतेश्वर पुजारा, हनुमा बिहारी, अजिन्का राहाणे (कप्तान), रिशव पन्त (विकेटकिपर), रवीन्द्र जडेजा, रविचन्द्रन आस्विन, उमेश यादव, जसप्रित बुमराह, मोहमद सिराज