कर्णाली प्रदेशका थप ३७ जनामा कोरोना, कुल संक्रमित ७ सय ८ पुगे

सुर्खेत -कर्णाली प्रदेशका थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणले दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णालीमा संक्रमितको संख्या ७ सय ८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संक्रमित मध्ये दैलेखको गुङ्गेश्वर गाउँपालिका वडा नं. १, का १ जना, वडा नं. २ का ४ जना, वडा नं. ३ का १ जना वडा नं. ४ का ११ जना, वडा नं. ५ का ६ जना र स्थानीय तह स्पष्ट नखुलाइएका (अवलपराजुल) २ जना रहेका छन् ।

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ का २ जना र शिवालय गाउँपालिका वडा नं. १ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छन ।त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ४ का १ जना, गुर्भाकोट नगरपालिका वडा नं. १२ का २ जना वडा नं. १४ का ५ जना, सिम्ता गाउँपालिका वडा नं. ३ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।