कोभिड—१९ नियन्त्रण तथा उपचारमा साढे १५ हजार स्वास्थ्यकर्मी परिचालन : प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड—१९ नियन्त्रणका लागि १५ हजार ५ सय १६ जना स्वास्थ्यकर्मी खटाएको जानकारी दिएका छन् । बुधबार संसदमा बजेटको विषयमा उठेका प्रश्नहरुको जवाफ दिदैं प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कोभिड—१९ को उपचार गर्न तोकिएका ४५ अस्पतालमा २२ जना स्वास्थ्यकर्मीको दरले ९ सय ९० स्वास्थ्यकर्मी खटाइएको बताए । त्यसैगरी स्थानीय तहमा कन्ट्रयाक ट्रेसिङको लागि ३ जनाका दरले ३ हजार २ सय २५ स्वास्थ्यकर्मी खटाएको उनले जानकारी दिए । सबैभन्दा बढी देशभर रहेका ३ हजार ७ सय ६५ क्वारेन्टाइनमा ११ हजारु ३ सय १ स्वास्थ्यकर्मी परीचालन गरी सरकारले काम गरिरहेको प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका हुन् ।