बुद्धिसागर बस्यालको ‘दुलही सम्झेर’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायक तथा कुशल सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलही सम्झेर’ सार्वजनिक भएको छ।

बस्याललाई आवाजमा गायिका देवी घर्तीले साथ दिएकी छन् । गीतको शब्द एक नारायण भण्डारिको रहेको छ भने एरेन्ज बिबि अनुरागीले गरेका हुन्। दुर्गेश थापा र स्तु कार्कीको अभिनय रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। नवविवाहित जोडीको कथा गीतमा समेटिएको छ।

बस्यालको डाँफे नाचेर, बुढेसकालैमा जस्ता गीत चर्चित रहेका छन्।