अमेरिकी पहिलो स्वर्ण पदक विजेता कुर्ट थोमसको निधन

काठमाडौं – अमेरिकालाई विश्व जिम्नास्टिक च्याम्पियनसिपमा पहिलो पटक स्वर्ण दिलाउने पूर्व खेलाडी कुर्ट थोमसको निधन भएको छ ।

मुटुको रोगबाट थला परेका थोमसको ६४ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९७६ को मोन्ट्रेल ओलम्पिकमा सहभागिता जनाएका उनले १९७८ को विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । जुन फ्रान्समा भएको थियो ।

त्यो अमेरिकाले जितेको पहिलो स्वर्ण पदक थियो । त्यसपछि १९७९ मा नउले टेक्सासमा भएको च्यामिपयनसिपमा आफ्नो स्वर्णलाई सुरक्षित गरेका थिए ।

अमेरिकन कपको उपाधि तीन पटक जितेका थोमसले १९८० को मस्को ओलम्पिकमा अमेरीकाले नखेल्ने निर्णय गरेपछि पदक जित्ने सम्भावना गुमाएका थिए ।

उनले गरेको योगदानको कदर गर्दै सन् २००३ मा हल अफ फेमपनि दिइएको थियो ।