थप ३१४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाडौं- सोमबार थप ३१४ जनामा कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ३१४ जना संक्रमित थपिएको जनाएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।