रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या

रुपन्देही- रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको छ ।

कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या भएको बताईएको छ । हत्या बन्चरो प्रहार गरी भएको देखिन्छ ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच जना अन्य कामदारको हत्या गरि फरार भएको स्थानीयहरुले जानकारी दिए ।

मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा रहेको र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको खबर आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको बताए ।