दैलेखको आइसोलेसनमा उपचाररत एक महिला डिस्चार्ज

सुर्खेत – सुर्खेत जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा रहेकी एक महिला उपचार पछि डिस्चार्ज भएकी छिन् । डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ बर्षीया महिलाले कोरोना जितेकी हुन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तका अनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो। आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ । कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा.पन्तले जानकारी दिए । आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको नदेखिएको डा पन्तको भनाइ छ । कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै रहेको छ ।