कोरोनाका कारण पोखरामा आज एक पुरुषको मृत्यु, मर्नेको संख्या १४ पुग्यो

पोखरा-स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरामा उपचार गराइरहेका पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलोशनमा भर्ना गरिएका पुरुषको आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरिसकेको छैन । मन्त्रालयका अनुसार संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

कर्णाली प्रदेशमा हिजो एकै दिन ५४ जनामा संक्रमण देखिएको छ । यस्तै विभिन्न जिल्लाका १ सय २ जना निको भई घर गएका छन् ।

जसमा वुटवलबाट २७, बारावाट ३४, रौतटहको गौरबाट १८, धरानबाट १२ र काठमाडौंको बलम्वु अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म ४ सय ६७ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमण ७१ जिल्लामा फैलिएसँगै अब ६ वटा जिल्ला मात्रै कोरोना मुक्त रहेका हुन् ।

पछिल्लो २४ घण्टामा २ सय १३ जना नयाँ संक्रमित थपिए छन् ।