पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८२ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ। सक्रिय संक्रमितको संख्या घटेर १२ हजार ६ सय ८६ मा आइपुगेको छ।

मन्त्रालयका अनुसार थप १ सय ६ जना २१ जना कोरोना संक्रमण निको भएर स्वास्थ्य बनेको मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

त्यस्तै, आज थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्‍वारेन्टाइनमा ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ।