‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई असल संस्कार पनि सिकाउँछौ’

घनश्याम खड्का, प्रिसिपल,सुर्खेत होराइजन एकेडेमी ।

सुर्खेत – वीरैन्द्रनगर नगरपालिका ३ मा रहेको सुर्खेत होराइजन एकेडेमीमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यहाँ प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुन थालेपछि विद्यार्थीको संख्या बढ्दै गएको हो । विद्यार्थीलाई सुहाउँदो वातावरणमा स्वतन्त्र ढंगले सिकाई क्रियाकलाप जारी छन् । कोरोना माहामारीकाबेला सरकारी निर्देशिका अनुसार अनलाईन कक्षा सञ्चालन गरेको यस विद्यालयमा कर्णाली प्रदेशभरका विद्यार्थी अध्ययनरत छन् । विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर बृद्धिका लागि विद्यालय लागिपरेको प्रीन्सीपल घनश्याम खड्काले बताए । यसैबिच उनीसँग गरिएको कुराकानी सारांश ।

कोरोना माहामारीकाबीच विद्यालय सञ्चालनमा कत्तिको कठिनाई भयो ?
कोरोना माहामारीका कारण सम्पूर्ण क्षेत्र धरासायि बने । विद्यालय पनि यसबाट उम्कने कुरा भएन । विद्यालयलाई पनि असर परेको छ । यसका वावजुत पनि हामीले सुरक्षा मापदण्ड अपनाउँदै कक्षा सञ्चालन गरेका छौ । हाल हामीसँग कक्षा नर्सरीदेखि कक्षा १२ सम्म करिब आठ सय विद्यार्थी छन्। भने विद्यालय सञ्चालन समितिमा ६ जना छौ । तर पनि हामीले कोरोना माहामामरीकाबीच विद्यालय व्यवस्थापनमा कमि हुन दिएका छौनौ । हाल प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुदै आएको छ ।

अन्य विद्यालय भन्दा तपाँईको विद्यालयमा फरक विशेषता के छन् ?
हामीले विद्यार्थीलाई सुहाउँदो वातावरणमा स्वतन्त्र ढंगले सिकाई क्रियाकलाप जारी राखेका छौ । प्राटिकलका लागि उत्कृष्ठ ल्यावको व्यवस्था छ । विद्यार्थीको प्रत्यक्ष अप्रत्यक्ष हेरचाह गछौं । विद्यार्थीलाई असल संस्कार पनि सिकाईन्छ । हामीले पढाईसँगै सिकाई क्रियाकलापलाई जोड दिएका छौ । काठमाडांैमा रहेको सेन्जेविर्यस कलेजसँग सहकार्य गरेका छौ । त्यहाँ वर्षमा १५ दिन दुई विद्यालयका विद्यार्थीबीच सिकाई उपलब्धि तथा अनुभव आदान प्रदान गरिन्छ । विद्यालयमा पुस्तकालय, कम्प्यूटर तथा विज्ञान प्रयोशाला लगाएतको राम्रो व्यवस्था छ ।

म आफैले पनि पढाउन थालेको करिव १८ वर्ष भयो । हामीले पढाउने र सिकाउने कुरामा फरक हो जस्तो मलाई लाग्छ । बच्चाले पढ्न त पढ्यो तर के सिक्यो ? भन्ने कुराले अर्थ राख्छ । अहिलेको आधुनिक युगमा बच्चालाई जिवन उपयोगि सिप सिकाउनु पर्छ । घरमा आफु भन्दा ठुला र सानाप्रति गर्ने व्यबहारबारे पनि शिक्षा दिनु आवश्यक छ । जसमा अनुसासनको पाटोले समेट्छ । सुर्खेत होराइजनमा गुणस्तरीय शिक्षा दिनुका सथै विद्यार्थीलाई अनुशासीत रहन सिकाईन्छ । यिनै विभिद कारणले पनि अन्य विद्यालय भन्दा हामी फरक छौ ।

कोरोना माहामारीकाबीच कक्षा सञ्चालन र कर्मचारी व्यवस्थापन कसरी गर्नुभयो ?
कोरोना माहामारीकाबेला सरकारी निर्देशिका अनुसार अनलाईन कक्षा सञ्चालन गरेका थियौ । हाम्रो विद्यालयमा कर्णाली प्रदेशका सबै जिल्लाका विद्यार्थी अध्ययनरत छन् । प्रदेशका सबै ठाउँमा नेटको पहँच नहुदाँ सबै विद्यार्थी अनलाईन कक्षामा सहभागी हुन सकेनन् । करिव ४० प्रतिशत मात्र विद्यार्थिले अनलाई कक्षा लिएका थिए । भने लकडाउको अवधिमा शिक्षकले घरवाटै अनलाईन कक्षा सञ्चालन गरेका थिए । त्यो बेला शिक्षकलाई पारिश्रमिक पीरेडको हिसाबले दियौ । कक्षा ११ र १२ का शिक्षकलाई असोज मसान्तसम्मको सबै तलब दियौ । कक्षा १० भन्दा तलका शिक्षक शिक्षिका र कर्मचारीलाई बैसाख जेष्ठ असारको आधा तलव र त्यसपछि असोज मसान्तसम्मको सबै तलब उपलब्ध गराईसकेका छौ ।

विद्यालयप्रति अभिभावकको धारण कस्तो छ ?
सुर्खेत होराईजन एकेडेमी आफ्नै गौरविलो इतिहास बोकेको विद्यालय हो । सञ्चालक समितिमा म र अर्को एक जना साथि फाउण्डरको रुपमा थपिएका छौ । अभिभावक र विद्यार्थीसँग पनि हाम्रो सम्बन्ध राम्रो छ । अभिभावकहरु पनि विद्यालयको शैक्षिक तथा भौतिक अवस्था र आफ्ना बालबालिकाको सिकाईप्रती सन्तुष्ट छन् । अहिलेसम्म सबै अभिभावकको सकरात्मक धारणा र सहयोग पाएका छौ ।

तपाईले प्रीन्सीपलको रुपमा भर्खरै जिम्मेवारी सम्हाल्नु भएको छ ? विद्यालयलाई थप व्यवस्थीत बनाउन केही नयाँ योजना छन ?
मेरो मिसन र भिजन अनि स्कुलको पोलिसिको बारेमा मैले किताव नै बनाएको छु । अहिले सबै भन्न त सम्भव नहोला । तर यहाँको सिकाई नतिजा मुखि हुनुपर्छ । शिक्षकले के पढाउँछ र बच्चाले के सिक्छ भन्ने तिर जोड दिएका छौ । साथै व्यबहारीक ज्ञान पनि विद्यार्थीले विद्यालयबाटै सिकेर जाउनु भन्ने ध्येयले सोही अनुसार काम गरिरहेका छौ । विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार ल्याउन मेरो भुमिका जारी रहनेछ । बाँकी मेरो कार्यकालमा मैले गरेको काम सबैले देख्नेछन् ।् निजी विद्यालय भएकोले आयस्रोत भनेको विद्यार्थीबाट निश्चित रुपमा निर्धारण गरी लिएको शुल्क मात्रै हो । यसैबाट विद्यार्थीको सिकाई शिक्षकको तलव, भौतिक संरचना सबै व्यवस्थापन गर्नपर्ने बाध्यता छ ।

तपाँईको विचारमा निजी विद्यालयको स्तरोउन्नतीका लागि सरकारले के कस्तो भुमिका खेल्नु पर्ला?
सरकाले निजी विद्यालयलाई अहिलेको परिवेशमा हेपेको हो कि ? जस्तो हामीलाई आभास भएको छ । किन भने जुनसुकै निर्णय सरकाले गर्छ । त्यो सबै सरकारी विद्यालयको बेसमा आधारीत भएर गर्ने गरेको छ । निजी वा सरकारी जहाँबाट पनि दक्ष, उर्जाशिल र देशमा केही गर्नसक्ने नागरकि निर्माण गर्ने हो । तसर्थ सरकाले हेर्नुपर्ने नजर जुन छ, त्यो निजी र सरकारी दुबैमा समान होस भन्ने म चाहान्छु । एउटा मात्र उदारण : हामिले कक्षा ११ र १२ को परिक्षा भर्खरमात्र सकेका छौ । कोभिडको कारण सरकारले आफ्नै विद्यालयमा सेन्टर निधारण गरेको थियो । तर सरकारी तवरबाट सरकारी स्कुल जस्तो निजी विद्यालयको परिक्षामा निरिक्षण भएन । रिजल्टको बेसमा जाने होभने निजी विद्यालयले राम्रो रिजल्ट दिएका प्रसस्तै उदाहरणहरु छन् । तर सरकारले हेर्ने नजर समान भएन । निजी विद्यालयको स्तरोउन्नतीका लागि सरकारले सक्दो सहयोग गर्नुपर्छ ।

प्रस्तुतिः चन्द्रा कँडेल