दैलेखकामा निषेधाज्ञा जारी

सुर्खेत- कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तिव्र गतिमा फैलिए संगै दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरसका बिरामी तिब्र गतिमा बढ्दै गएपछि प्रशासनले शुक्रवार साँझबाट लागु हुने गरि दुवै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको विज्ञप्ती िनिकालेकबो छ । कोरोना भाइरसका कारण दैलेखमा एकजनाको मृत्यु भैसकेको छ । हालसम्म २१८ जनामा संक्रमण देखिएको छ ।
प्रशासनले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा बैंकिङ सेवा, आन्तरिक सुरक्षा खानेपानी, विद्युत् सेवा पेटोलियम पदार्थ दुवानी तथा वितरण, फोहोर मैला व्यावस्थापन बाहेकका अन्य सबै सेवा स्थलहरु अर्को आदेश नभएसम्मका लागि निषेध गर्ने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।