कोरोना संक्रमित उपचार पछि डिस्चार्ज


सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत ८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेले जानकारी दिए ।
जसमा दैलेखका १ जना र सुर्खेतका ७ जना रहेका छन् । उनीहरूलाई शुक्रबार साँझ पाँच बजे डिस्चार्ज गरिएको हो । डिस्चार्ज पछी उनीहरुले घर गइसके पछि होम क्वारेन्टिनमा बस्नुपर्ने डाक्टर पौडेलको भनाई छ ।