थप २ सय ७८मा कोरोना पुष्टी

काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २७८ जना नया संक्रमित थपिएका छन् । जसमा ११ महिला २ सय ६७ पुरुष रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय थपिएका २ सय ७८ सहित जम्मा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमा प्रदेश १ का १२ जिल्लामा २४२, प्रदेश २ का ८ जिल्लामा ९ सय ९३, बाग्मती प्रदेशका १२ जिल्लामा ८५, गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जनामा कोरोना पुष्टी भएको छ । त्यसैगरी प्रदेश ५ का ११ जिल्लामा ९ सय ६५, कर्णाली प्रदेशका ७ जिल्लामा ४७९ र शुदुर पश्चिम प्रदेशका ९ जिल्लामा ९१ संक्रमित पुगेका छन् । सक्रमित मध्ये २ हजार ७ सय १७ जना पुरुष छन् भने १ सय ९५ जना महिला रहेका छन् ।