एक जना कोरोना संक्रमितको उपचारमा राज्यको खर्च कति ?

काठमाडौं—सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने यसअघि नै बताइसकेको छ ।

यस अवधिमा २ सय ९० जनाले उपचार सेवा लिएर घर गएका छन् । २३३४ जना अस्पतालमा उपचाररत छन् । हालसम्म १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सरकारी तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोना संक्रमितको अस्पताल बसाइँ ७ दिनदेखि ३७ दिनसम्म छ । तर, संक्रमितको औसत अस्पताल बसाइँ २० दिन मात्रै छ । औसत अस्पताल बसाइँमा प्रति व्यक्ति कति खर्च हुन्छ भनेर धेरैलाई चासो छ । प्रदेश नम्बर दुई अन्तर्गत पर्ने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमितको प्रति व्यक्ति खर्च दैनिक औसतमा २२ सय रुपैयाँ छ । प्रत्येक दिन खाना ६००, अस्पताल बेड शुल्क १००, औषधीजन्य वस्तु ५००, आईसीयु र भेन्टिलेटर आवश्यक परे दैनिक १००० खर्च हुन्छ । एक संक्रमितको उपचार खर्च औसतमा प्रति दिन २२ सय लाग्छ । डा. उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा प्रति व्यक्ति निको हुँदासम्म ४४ हजार रुपैयाँ खर्च हुने गरेको छ । सरकारले खर्च धान्न नसक्ने भएकाले निजी अस्पतालहरुलाई भने संक्रमितको उपचारका लागि अनुमति दिइएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार सरकारी अस्पताल भरिएपछि मात्रै निजी अस्पताल र मेडिकल कलेजमा संक्रमितको उपचार गरिनेछ । उपचार कार्यविधि नै बनाएर सरकारले दोहोरो प्रयोग गर्न मिल्ने सामानको जोड्न नपाउने स्पष्ट पारेको छ ।ww.healthaawaj.com