प्रदेश नम्बर २ मा थप १०२ जना कोरोना संक्रमित

धनुषा । प्रदेश नम्बर २ मा बिहीबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्रदेश नम्बर २ मा पनि संक्रमित तीव्र गतिमा बढ्दै गएको हो ।

संक्रमितमध्ये रौतहटका ६५ जना, बाराका १२ जना, सप्तरीका १२ जना, धनुषाका ६ जना रहेको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

यसैगरी महोतरीका ३ जना, सर्लाहीका ३ जना र पर्साका १ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यससँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९६१ पुगेको छ।