कर्णालीमा एकैपटक थपिए १ सय ६ संक्रमित

सुर्खेत – कर्णालीमा थप १०६ जनामा कोरोना भाइरस संक्रमिण पुष्टि भएको छ । बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । खल्याड गाउँपालिका – २ मुगुका २७ बर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । त्यसैगरी, आरटी पिसिआर परीक्षणमा दैलेख जिल्लाका १०५ जनामा कोरोना भाइरस पुष्टि भएको उनले बताए । गत २२ बैशाखदेखि प्रतिष्ठानले आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि पाँच हजार ३२४ जनाको कोरोना परीक्षण गर्दा २१३ जनाको पोजेटिभ रिपोर्ट आएको छ । त्यसैगरी, परीक्षणमा चार हजार १३७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । ४८२ जनाको पुलिङ प्रविधिबाट परीक्षण भएको जनाएको छ ।