कोरोनाबाट थप १ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ – कोभिड १९ का कारण ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । मस्तिष्कमा समस्या भएका दोलखाका ति पुरुषको गत १५ जेठमा काठमाण्डौ मेडिकल कलेजमा शल्यक्रिया भएको थियो । वथप उपचारकोलागि त्रिवी शिक्षण अस्पताल लगीएकोमा त्यही मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शल्यक्रिया गरीनु अघि उनको कोविड १९ जाच गर्दा पोजेटिभ देखीएको थियो । योसँगै कोभिडका कारण नेपालमा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाकेका २५ वर्षीया युवा, गुल्मीका ४२ वर्षीया पुरुष, नेस्नल मेडिकल कलेजमा मृत्यु भएका ७५ वर्षीया वृद्धा, भारतबाट नेपाल आउदै गरेका एक युवा, बाजुराका २ वर्षीया बालक, ललितपुरका ५६ वर्षया पुरुष, दैलेखका ३५ वर्षीया पुरुष र दोलखाका ७६ वर्षीया पुरुष रहेका छन् ।