कोरोना संक्रमण तीव्ररुपमा बढ्दै, अाजै थपिए २०१ संक्रमित

 काठमाडौं— नेपालमा थप २०१ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। यो सँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये १ सय ७८ जना ठिक भएका छन् । आज मात्रै थप १२ जना संक्रमित डिस्चार्ज भएका हुन् ।