सुर्खेत – कर्णाली प्रदेशमा ४ महिने बालक सहित थप १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ। बुधबार सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको हो । नयाँ संक्रमितमध्ये दैलेखका ७ र सल्यानका २ रहेका छन् । त्यस्तै कालिकोटमा ६ जना नयाँ संक्रमित भेटिएका छन् । ६ जना मध्य चार महिने एक बालकलाई पनि संक्रमण भएको बताइएको छ । यो सगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको सामाजिक बिकास मन्त्रालयको जन स्वास्थ्य साखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।
ताजा खबर