डाक्टरलाई कोरोना देखिएपछि जिल्ला अस्पताल हुम्ला सिल

हुम्ला – जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पताल सिल गरिएको छ ।

साथै अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएकाे छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।