ग्वाटेमालामा प्रदर्शनकारीले संसद भवन आगो लगाए

काठमाडौं – ग्वाटेमालामा सरकार विरोधी प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन्।

संसदले गत बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले संसद् भवनमा तोड्फोड गर्दै आगो लगाएका हुन्। विपक्षीले खाली भएको संसद भवनमा लगाएको र १० मिनेटमै आगो निभाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। आगो निभाए पनि क्षतिको विवरण भने आएको छैन। संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन्।

उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको थियो। विपक्षीले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्।