कर्णाली प्रतिष्ठानमा ३९ दिन देखी तालावन्दी, चर्किदै बिवाद, उपकुलपति जवाफविहिन

३५० कर्मचारीले तिहारमा पनि तलव खान पाएनन्

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासन ३९ दिन देखी तालावन्दी छ । उपकुलपति प्राध्यापक डा‍‍. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्यकोष खर्च गर्ने गरी तेस्रो डिन नियूक्ति गरेको भन्दै कर्मचारी आन्दोलन गरिहेका छन् । तर कुनै पनि निकायबाट सुनुवाई नहुदा तालावन्दीको ३९ औ दिन सम्म प्रतिष्ठानको शैक्षिक र केन्द्रीय प्रशासन तालावन्दी छ।

उपकुलपति वाग्लेले तेस्रो जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीलाई नियूक्त गरेपछि संस्थालाई आर्थिकभार बढि पर्ने भएका कारण रोक्न माग गर्दै कर्मचारी कल्याण समितको नेतृत्वमा कर्मचारी आन्दोलित भएका हुन् । ३० विद्यार्थीका लागि ३ डिन कही नियूक्ति गरेको आडम्बरी भएको अन्य पदाधिकारी पनि बताउछन् । नेपालकै ठूला प्रतिष्ठानहरु विर, पाटन, धरानमा समेत एक एक डिन नियूक्त भईरहेको समयमा कर्णाली प्रतिष्ठानमा ३ डिन नियूक्त गर्नु आफ्ना मान्छेको भर्तिकेन्द्र बनाएको भन्दै आन्दोलन अघि बढेको छ ।

कर्मचारीलेनै उपकुलपति वाग्लेले कार्यअवधि सकिदै गर्दा आफ्ना मानिसको भर्तिकेन्द्र बनाउन थालेको भन्दै विरोध गरेका छन् । तर सो बिषयमा उपकुलपति वाग्लेले कुनै सुनुवाई नगरि उल्टै सो व्यक्तिलाई आन्दोलन चलिरहेकै समयमा जुम्ला ल्याएपछि नैतिकताको पराकाष्ठ गुमाएका कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए । उनले कार्यकारी समितिले पनि आन्तरिक समस्या सामाधान गर्छु भनेको ४० दिन पुग्न थालेको भन्दै उपकुलपतिको आडम्बरले सुनुवाई नभएको बताए । सरकारले सम्पर्क कार्यालय नराख्ने निर्णय गरेको बर्ष दिन पुग्दापनि सम्पर्क कार्यालयबाटै धमाधम नियूक्ति गरेको कल्याणकारी समितिले जनाएको छ ।

उपकुलपति जवाफविहिन बने

उपकुलपतिले तेसा्रे डिन क्षेत्रीलाई नियूक्त गरेपछि अहिले जुम्लामा निकै ठूलो चर्चा चलेको छ । सो विषयमा बुझ्न खोज्दा पत्रकारहरुको फोननै उठाउन उपकुलपति वाग्लेले छोडेका छन् । पत्रकारहरुले उपकुलपतिको फोन ९८४९२५७३८० मा हान्दा निरन्तर काटिरहेका छन् । पहिले एक होटलमा बसिरहेको भन्ने खबर थियो तर अहिले उहाँ कुन स्थानमा हुनुहुन्छ थाहाँ छ्रैन् । फोन हान्दा निरन्तर काटिरहेका पत्रकार मानदत्त रावलले बताए । पत्रकारहरुले उपकुलपतिले सूचनाको हक सम्वन्धको अधिकारलाई समेत हनन गरेका बताउछन् ।

पत्रकारहरुको फोन समेत नउठाईको र ३८ दिन सम्म ताला खुलाउन उपकुलपति वाग्लेले कुनै ध्यान नदिएको भन्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाले एक विज्ञेप्ति जारी गरेर ध्यानाकर्षण गरेको छ । अध्यक्ष बरमबहादुर महतद्धारा जारी बिज्ञेप्तिमा उपकुलपतिले पत्रकारहरुको फोन नउठाएर सूचना दिने हकमा जवाफविहिन बनेको उल्लेख छ । सरकारले सम्पर्क कार्यालय हटाउनु भनेर निर्देशन दिएको बर्ष हुन थाल्यो तर सरकारलाई समेत छायामा राखेर सम्पर्क कार्यालय काठमाण्डौ बाटै नियूक्ति धमाधम गरिरहेका छन् ।

३५० कर्मचारीले तलव खान पाएनन्
स्वास्थ्य क्षेत्रका कर्मचारी दशै तिहारमा चाड पर्व भन्दा पनि आफ्नो कामलाई प्रथामिकता दिन्छन् । प्रतिष्ठानमा करिब ३ सय ५० कर्मचारीले प्रशासन र लेखा वन्द भएकाले तिहारमा तलव खान पाएका छैनन् । एक जनाको नियूक्तिको लडाई र माथिल्लो क्षेत्रको झगडाले हामी काम गरि खानेलाई समस्या भएको भन्दै चाडै समस्याको सामाधान गरिदिन भन्दै कर्मचारीहरुले बताएका छन् ।

वन्दका कारण उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र केन्द्रीय प्रशासन समेत तालावन्दी छ । वन्दका कारण प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु समेत प्रभावित हुन थालेका छन् । एम विविएस तयारीका लागि समेत धक्का हुने देखिएपनि उपकुलपति र कार्यकारी समिति जिम्मेवार नभएको आन्दोलित कर्मचारी बताउछन् ।

स्थानीय प्रशासन सँग पनि उपकुलपति वाग्ले सम्पर्कमा नभएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यति ठूलो आन्दोलन हुदा पनि उपकुलपति वाग्ले प्रशासनको सम्पर्कमा नरेका र कसैले लिखित जानकारी समेत नदिएकाे बताए । पत्रकारहरुको समेत फोन नउठाउने उहाँको जवाफदेहितामा प्रश्न उठेको बताए ।

संस्थालाई जनशक्ति आवश्यक रहेको सन्दर्भमा कार्यकारी परिषदको बैठकले माग गर्ने र सोही अनुसार नियूक्त गर्ने अधिकार भएपनि उपकुलपतिले मनोमानी ढंगले तेस्रो जनस्वास्थ्य डिन क्षेत्रीलाई काठमाण्डौ सम्पर्क कार्यालयबाटै नियुक्त गरेको भन्दै ४० दिन देखी प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाज आन्दोलित छ । कोरपाटी डटकम ।