आशय हतकर नेपाली क्रिकेट टिमको फिटनेस ट्रेनरमा नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय आशय हतकरलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरेको छ। हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच रहेर काम गरिसकेका छन्। फिटनेस क्षेत्रमा उनको १२ वर्षको अनुभव रहेको छ।

क्यानले बन्द प्रशिक्षणका लागि यसअघि नै २२ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ र मंसिर ८ गते सबैको कोरोना पिसिआर परिक्षण गरिने छ। पिसिआर नेगेटिभ आउनेलाई मात्रै प्रशिक्षणमा समावेश गरिने क्यानले जनाएको छ।

Ads by AdMana.net
क्यानले मंसिर दोस्रो साता राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाउने यसअघि जनाइसकेको छ। यद्यपी बन्द प्रशिक्षणका लागि भने जगत टमाटालाई प्रशिक्षण तोकिएको छ।