थप ४३ जनामा देखियो कोरोना

दैलेखमा २४ र जुम्लामा १९ जना

सुर्खेत-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका थप ४३ जना र जुम्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार रातिको प्रतिष्ठानको रिपोर्टअनुसार दैलेखको नारायण नगरपालिका-५ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, सोही नगरपालिका-२ का एक जनामा पनि कोरोना देखिएको छ । सिम्डा-८ का दुई जना, देवलखाडा ४ का ३ जना, सोट-७ का एक जना, सददु-९ का एक जना, जुकेपानीका १ जना र दुल्लुका ७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, जुम्ला हिमा-१, ६, ५, ७ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्ला सिंजा-३, ४, ५, ६ का ९ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै, जिल्ला प्रहरीका कार्यलय जुम्लाका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।