चीनमा बनेको कोरोनाविरुद्धको खोप यसै वर्ष बजारमा आउनसक्ने

एजेन्सी- कोरोना भाइरसविरुद्ध चीनले बनाइरहेको खोप यसै वर्षभित्रै बजारमा आउनसक्ने खबर आएको छ ।

चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी दिएको हो ।

वुहान इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टसका तर्फबाट खोप तयार पारिएको हो ।

उक्त खोपको परीक्षण दुई हजार मानिसमा गरिएको जनाइएको छ । २९ मे मा चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा यससम्बन्धि सामग्री प्रकाशित गरिएको थियो । जसमा यस वर्षको अन्तिम या आउँदो वर्षको शुरुवातसम्ममा खोप बजारमा आउनसक्ने उल्लेख छ ।

खोपको दोस्रो चरणको परीक्षण भइरहेको पनि जनाइएको छ ।

उता, रुसले पनि आफूले तयार पारिरहेका कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गरिने जनाएको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुराश्कोले दुई हप्ताभित्र रुसी वैज्ञानिकले दुई हप्ताभित्र परीक्षण थाल्ने जानकारी समाचार संस्था रोयटर्सलाई दिएका हुन् ।