कर्णालीमा संक्रमितको संख्या १०५ पुग्यो

सुर्खेत‍- कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना भाइरस अर्थात (कोभिड १९)संक्रमण पुष्टि भएको छ। सुर्खेत र जुम्ला प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालय अन्र्तगतको जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जना, कालीकोटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुुुुुुुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो।