कोरोनाले विश्वमा १३ लाख ९ हजारको मृत्यु, ५ करोड ३७ लाख संक्रमित

काठमाडौं – कोरोनाका कारण विश्वमा हालसम्म १३ लाख ८ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २१२ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यस्तै, हालसम्म विश्वमा ५ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । तथ्यांक अनुसार ५ करोड ३७ लाख ६६ हजार ७२८ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ लाख ९४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिका, ब्राजिल, भारतलगायत देश विश्वमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हुन् ।