२४ घण्टामा विश्वमा ५ लाख ९४ हजारमा कोरोना संक्रमण

 

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५७ हजार ३१२ जना संक्रमित थपिएका थिए ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३७ लाख ६६ हजार ७२८ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार २१२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो घण्टाको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ९ हजार ७९७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण हालसम्म विश्वमा १३ लाख ८ हजार ९७५ जनाको मृत्यु भइसकेको छ ।