कर्णाली प्रदेशमा एक वर्षीया बालक सहित संक्रमितको संख्या ४६ पुग्यो

सुर्खेत—कर्णाली प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महासाखाका अनुसार, विहीबार थप आठ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै दैलेख नारायण नगरपाकाका रहेका छन् । सुर्खेत स्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा दैलेखको नारायण नगरपालिका एक का २६ वर्षीया पुरुष, वडा नं. तीनका १९, ३०, ३६, ४० वर्षीया पुरुष, सोही नगरपालिकाका ४ का २० वर्षीया महिला र एक वर्षीया बालक, वडा नं. पाँचका १७ वर्षाया एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनीहरु सबैजना जिल्ला अस्पताल दैलेखको सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।