गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं—गण्डकमी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार स्याङजाका ३ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा स्याङजाका थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनकाअनुसार संक्रमित तीन जनामध्ये २ जना २६ र २२ वर्षका पुरुष र एक जना महिला रहेका छन् ।

उनीहरु तीनै जना वालिङका रहेका र त्यहीको क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । यस्तै, नवरपरासी पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षका एक पुरुषमा समेत कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।