दैलेखको चामुण्डा बिन्द्रासैनीमा १५ शैय्याको अस्पताल निर्माणको तयारी

चन्द्रा कँडेल

सुर्खेत – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपलिका ८ मा १५ शैय्याको अस्पताल निर्माणको तयारी थालिएको छ । उपचार नपाएर कसैले पनि सास्ती खेप्न नपरोस भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको हो । अस्पताल संचालन गर्नको लागि स्कृत भइसकेको छ । अहिले दुईवटा भवन निमार्णको सुरुवात गरिएको छ । वडा नम्बर ८ का वडाअध्यक्ष विरबहादुर शाही भन्छन्, ‘अबको एक वर्ष भित्रमा संचालनमा ल्याउने तयारीका साथ काम अगाडी बढाइएको छ ।

उक्त अस्पताल सञ्चालनमा आएपछि २४ सै घन्टा विशेषज्ञ चिकित्सकका साथै स्वाथ्यकर्मीहरुले सेवा दिनेछन् । अस्पताल संचालन गर्नको लागि करिब ढाइकरोडको डेण्टर हुने तयारीमा छ । अहिले पनि नगरपालिकाले सानो तिनो ल्याव जडान गरी संचालन गर्ने तयारी गरेको छ ।’

‘सानोतिनो घाउँ खटिराको शल्यक्रिया गर्नको लागि पनि सुर्खेत, नेपालगञ्ज जानुपर्छ । यहाँ सामान्य सिटामोल बाहेक अन्य कुनै पनि स्वास्थ्य उपचार पाउन कठिन छ । जनाताको उपचारको सहजता र आबश्यकता ठानि अस्पताल संचालन गर्ने तयारी थालिएको हो ।’ ,उनले थपे गत २०७४ को नगरसभाबाट १५ शैय्याको अस्पताल निर्माणका लागि पास गरेको र लगातारको मागपछि हाल संघ र प्रदेशले पनि सहयोग गरेको छ ।

ल्याव संचालनको लागि एमबिबिएससहितको विशषेज्ञ चिकित्सकको माग गरेको र अबको दुई महिनाभित्र एमबिबिएस सहितको बिशषेज्ञ सेवा प्रदान गर्ने आशा राखेको शाही बताउँछन । उनले भने, ‘अब अस्पताल बने पछि त बिशषेज्ञ चिबित्सकबाट नै जनातालाई स्वास्थ्य सेवा प्रदान गरीने छ।’

आयुर्वेद नागरिक आरोग्य सेवा संचालन गरीने

अबको दुई महिनामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा दिइने नगरपालिकाले जनाएको छ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, विरामी चेकजाँच र पूर्वकर्म-पञ्चकर्म सेवा दिने नगरप्रमुख सुर्यबहादुर शाहीको भनाई छ ।

तर, आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्रमा कुन तहका कर्मचारी कति रहेने भन्नेबारे निर्देशिका तयार भइनसकेको स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाहीले बताइन ।

हाल नौवटै वडामा शहरी स्वास्थ्य क्लिनिक संचालनमा

नगरपालीकाले हाल नौ वटै वडामा शहरी स्वास्थ्य क्लिनिकको व्यवस्था गरि सेवा संचालन गरेको छ। स्थानिय सरकार आएपछि स्वास्थ्यका क्षेत्रमा जेष्ठनागरीक, अपाङग, गर्भवती, सुत्केरी तथा नवजात शिशुको घरदैलो स्वास्थ्य सेवा परिक्षण तथा परामर्श सेवा दिने देशकै पहिलो चामुण्डा बिन्द्रासैनी नगरपालिका भएको नगर प्रमुख शाहिको दावी छ ।

यसका साथै यस वर्ष ६ वटा आधार भुत स्वाथ्य सेवा केन्द्र संचालन गर्ने नगर पालिकामको तयारी छ।

हजार दिनको आमाका लागि बहुक्षेत्रिय पोषण योजना लागु

सुनौला हजार दिनको आमा र बच्चाको स्वास्थ्य र पोषकामा सुधार ल्याउनकालागि नगरपलिकाले बहुक्षेत्रिय पोषण योजना लागु गरेको छ । कर्णालीमा कुपोषण डरलाग्दो अवस्थामा रहेकाले पोषणमा सुधार ल्याउने उदेश्यले पौष्टिक आहार,सुत्केरी स्याहारको बारेमा जानकारी गराउन कार्यक्रम लागु गरीएको हो ।

गर्भवतीले गर्भमा रहेको बच्चा र आफ्नो स्वास्थ्यको लागि अन्न, गेडागुडी, माछामासु, अण्डा तथा हरिया सागपात र पँहेला फलफुल गरी चार समूहका खानेकुरा हरेक दिन खानुपर्छ । यस सम्बन्धि बिभिन्न कार्यक्रमहरु राखेका छौ, स्वास्थ्य साखा प्रमुख मानकुमारी शाहिले भनिन्, कृषि सम्बन्धि तरकारीको बिउ बिजन वितरण गर्दै हरीया तरकारी तथा अन्य खाने कुरा उत्पादन गरी खानको लागि प्रोत्सान गर्ने गरीएको छ ।

साथै क्षमता अभिवृतिकालागि बिभिन्न कार्यक्रमहरु राखिएको छ । योसंगै पशुसम्बन्धि चल्ला कुखुरा बितरण गरी गर्भवती र सत्केरीलाई मासु र अण्डाको पुर्तिका लागि स्वास्थ्य कर्मीले सल्लाह दिने गरिएको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाई छ ।

त्यस्तै सर्वोतम पिठोको लिटो लगाएतका बिभिन्न कार्यक्रम संचालन गरिएको छ । सरसफाइका लागि हात धुन सिकाउने, वाल्टिनहरु वितरण गर्ने, पानि शुद्धिकरण गरेर मात्र खानको लागि चेतना दिने गरिएको स्वास्थ्यशाखा प्रमुख शाहिको भनाई छ । जसले गर्दा आमा र बच्चामाको स्वाथ्यमा सुधार आएको छ । उनि भन्छिन्, पछिल्लो समय मातृमुतृदर शुन्य छ । पाँच वर्षमुनिको बच्चाको मुत्युदरमा कमि आउनुका साथै पोषणमा राम्रो सुधार आएको छ ।