शहरबाट दाजुभाई फर्किएकै छैनन

दशैँ कविता-४

दुर्गा प्रसाद खनाल
शहरबाट दाजुभाई फर्किएकै छैनन
घरहरुमा नौला रङ्ग छर्किएकै छैनन
मुल बाटो हिलम्मै छ यात्रा यस्तो छ
दशै भन्दा कोरोनाको नै जात्रा बढी छ।
डाँडा काडा बादलले गुम्म पर्या छन
साथिभाई मदिराले झुम्म पर्या छन
बोलु भने भेट्नुपर्छ आफैलाई साँझ
नबोलु त के भन्दा देख्नेलाई लाज।
गाँउ घर सरसफाईमा भेला हुदैनन
नाटक अनि रङ्गिचङ्गी मेला हुदैनन
लिङे अनि रोगटेको चलन हरायो
५२पत्ती संगिनिले यो के गरायो।।