थपिए १०७ संक्रमित, ७२ जना डिस्चार्ज

सुर्खेतका मात्रै ५८ जना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य ५८ जना सुर्खेतका रहेका छन् ।दैलेखका ११, कालिकोटका ५, जुम्लाका १३, सल्यानका १ जना, मुगुका ३ , रुकुमपश्चिमका ४ जना र अन्य प्रदेशका १२जना छन् ।

कर्णालीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच हजार ६ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ४ हजार २ सय ४१ जना पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।