४४९९ कोरोना संक्रमित थपिए

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ४९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ४९९  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् । आजसम्म देशभर  जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार देशभर पाँच हजार ७४३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ९९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

बिहीबार देशभर तीन हजार ६३७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार २१५ जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर २१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।