काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो ।
बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।
सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।
हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।