आएन दशैं छाएन खुसी

दशैँ कविता-३

पाएनन् साहिली दिदीका छोरा, आमाको हातको टीका लाउन
छाएन खुशी आफ्नै घरको माटोमा रमाउन नपाउँदा!!

आऊछु भनी गएका थिए चार वर्ष अघि
आएनन् किन यो दशै तिहारमा पनि?

बाटो हेरी बसेकी आमा हुन्छिन् धेरै दुःखी
दाई तिहारमा फेरिपनि घर आउन नपाउँदा कसरी हुन्थिन् सानी बहिनी खुशी?

बर्षे नै दुख गर्छन् दाजु ,
घरमा जमरा हाल्दा आउँछ आसु
के गर्नु यस्तै छ गरिबको कसले बुझ्ोस आसु!

गर्छन् बिदेशमा काम रोकिनजेल आफ्नो सास
यसो गर्दा पनि किन भएन साईलि दिदीका घरमा लक्ष्मिको बाँस |

आउनुस दाजु भनि ब्यथा सुनाउँछिन् बैनी
भरिन्छ आसु भन्छिन् दिदी कैले आउला भनि ?

नपरोस छुट्टिन परदेशका छोरा दशैँको टीकामा
भन्छन् छोरा अाउछु नि किन रुन्छेउ यि आमा
मन साह्रै दुख्छ यसपालि पनि तिहारमा दाजु आउन नपाउँदा
हाम्रो घर छाउन्नकि खुसि अन्तत सबैको घर छाउँदा!!

छोराको लागि बनेर राखेका ति रोटी
टिपेका ति हाते केरा
कस्ले खाओस?
छोरा विदेश गएका कारण कसैको घरमा दुख नछाआेस
गरिबका घरमा मात्र होइन सबैका घर ज्योति छाउनु पर्छ
तब मात्र सारा नेपाली रमाउने गर्छ!

एलिसा बेलबासे