देशभर ३६३७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्र १५५२  जना

काठमाडौं—नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा बिहिबार मात्र १ हजार ५ सय ५२ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौंमा सबैभन्दा बढी १ हजार २ सय ८३ जना, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ६८ दशमलब ७ प्रतिशत रहेको छ। यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ। हाल आइसियुमा २ सय र ९० भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन्।