पछिल्लाे २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

सुर्खेत – पछिल्लाे २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।

थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो।