कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

सुर्खेत –  कोरोनाका कारण सरेको   कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

बुधबार राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै मंसिर ९ गतेदेखि परिक्षा हुने जनाएकाे हाे  ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो।