साउथ एसियन स्कालार्स एकेडेमीका कर्मचारीले पाए लकडाउन अबधि सहितकाे तलव

सुर्खेत – कोभिड–१९ को महामारीका कारण लामो समय देखि सरकारी तथा निजि बिद्यालयमा पढाई संञ्चालन हुन पाएकाे छैन । जसले गर्दा विद्यार्थी पढाईबाट वञ्चित भइराखेका छन ।
उता निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु बेतलबि विदामा बसीरहेका छन । कोरोनाकै कारण कतिपय निजि विद्यालय बन्द हुुने अबस्थामा पुगेका छन् ।
तर यस बिषम परिस्थितिमा पनि वीरेन्द्रनगरस्थित तातापानीमा रहेको साउथ एशियन स्कलर्स एकेडेमीले आफ्ना कर्मचारीहरुलाई लकडाउन अवधिको तलव दिएको छ । साउथ एसियन स्कालार्स एकेडेमी तथा ज्ञान सिन्धु सुर्खेत कलेजले आफ्नो विद्यालयका सबै कर्मचरीलाई तलब उपलब्ध गराएको जनाएको हाे ।
विद्यालयले कोरोना महामारीको बेला आफ्नो विद्यालयमा कार्यरत १३१ जना शिक्षक, शिक्षिका एंवम कर्मचारीलाई तलब उपलब्ध गराएको ज्ञान सिन्धु सुर्खेत कलेजलका संञ्चालक समितिका अध्यक्ष छत्र बहादुर बडुवालले जानकारी दिए। उनले लकडाउन अबधि सहित असोज मसान्त सम्मको तलब दिएको बताए।