पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु

काठमाडौं – उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ ।

पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा सवार सबैजनाको मृत्यु भएको बताइएको छ ।

बसमा महिला, बालबालिका र केही सुरक्षाकर्मीहरुसमेत रहेको बताइएको छ ।

बिदा मनाउन घर फर्किएकाहरु पहिरोमा पुरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

मृतकहरुको शव निकालेर सुरक्षाकर्मीले आफन्तलाई बुझाएका थिए । लगातारको वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)