सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा ७९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा सुर्खेतका ५२, दैलेखका ५, कालीकोट र रुकुमपश्चिमका चार/चार, सल्यान र जाजरकोटका तीन/तीन, जुम्ला र हुम्लाका एक/एक र अन्य प्रदेशका ६ जना छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ जना डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार एक सय ८५ पुगेको छ ।