जाजरकोट – मदन भण्डारी स्पोर्ट्स एकेडेमी जाजरकोट जिल्लाको सचीवमा सिभिल इन्जिनियर लोकेन्द्र जङ्ग राना मनोनीत भएका छन् ।
एलिसा डिजाइन एण्ड बिल्डर्सका संचालक समेत रहेका राना जाजरकोटको शिवालय गाउँपालिकामा स्थायी बसोबास छ ।
राना स्थानीय स्तरमा प्रभावसाली युवा नेताको छवि बनाउन सफल देखिन्छन् । युवाहरूका माझ राना लोकप्रिय छन् ।
नेकपा निकट युवाहरूलाई चलायमान बनाउन मदन भण्डारी स्पोर्ट्स एकेडेमी सक्रियतापुर्वक लागेको छ ।