कर्णालीमा थप ५१ जनामा कोरोना पुष्टि

सुर्खेत –  कर्णालीमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ४२ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ गरी ५१ जनामा कोरोना पुष्टि भएको हो । जसमा १२ जना स्वास्थ्यकर्मी रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र अन्य प्रदेशका ३ जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ९० पुगेको छ ।