सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर हरी सापकोटाको कोरोना संक्रमणका कारण उपचारका क्रममा विहिवार निधन भयो । दुई दशक लामो समय कर्णालीका विरामीको निम्ती सेवा गरेका बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाडाक्टर हरी सापकोटलाई कर्णाली प्रदेशमा नचिन्ने कमैहोलान् ।
सुविधाका ठुल ठुला अबसर हुदा हुदै पनि कर्णाली छोड्न नमानेका उनि अन्तत विरामीको उपचार गर्दै गर्दा कोरोनासँग हारेर सदाकोलागि कर्णाली बासीबाट विदा भए । कर्णालीवासीले एक वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर हरी सापकोटासगै एक भरोसायोग्य डाक्टर गुमाए ।
शुक्रबार कर्णाली प्रदेश अस्पतालले श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग¥यो । कर्णाली प्रदेशको हाड जोर्नि विशेषज्ञ सेवाको जननिको रुपमा रहेका डाक्टर सापकोटाको मुत्युको सोकमा पुरै अस्पताल भावविहल देखिएको थियो । उनका सहपाटीहरु आँखामा आँशु बोक्दै अस्पतालको अगाडि जम्मा भएका थिए । कर्णालीमा दुई दशक लामो समय सेवा गर्नु भएका डाक्टर हरी सापकोटाको शरिर नभए पनि आत्मा सधै रहिरहनेछ भन्दै अस्पतालका निर्देशक डाक्टर डम्वर खड्का भक्कानिए ।
अस्पतालको विकासको कुरा गर्दा सधै डाक्टर हरी सापकोटालाई सम्झिनु पर्ने अस्पतालका निर्देशक डाक्टर खड्का बताउछन् । मान्छे गए पछि मात्र उसको महत्व थाहा हुन्छ । उनले भने, “विरामीले हरेक समयमा उहाँलाई सम्झिने छन् ।”
पछिल्लो समयमा उहाँलाई धेरै ठुलो पिडा थियो निर्देशक खड्काले भने, “उहाँको पिडालाई कम गराउनको लागि हामी लागिरहेका थियौ तर असफल भयौ ।”
प्रदेश अस्पतालमा कार्यतर बाल रोग विषेशज्ञ डाक्टर नवराज केसी भन्छन्, कर्णाली प्रदेश अस्पताल मेरो घर हो यहाँ आउने विरामी मेरो परिवार हुन् भन्ने व्यावाहार डाक्टर हरी सापकोटा बाट सिक्नु पर्छ । डाक्टर हरी सापकोटा कर्णाली प्रदेशको पिताको रुपमा रहेकोले उनलाई सधै आफुहरु सम्झिने डाक्टर केसी बताउछन् ।
५९ वर्षीय डाक्टर सापकोटाको बिहीबार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हाडजोर्नीसम्बन्धी विशेषज्ञता हासिल गरेपछि करिब दुई वर्ष भेरी अस्पतालमा काम गरेका उनि त्यसपश्चात् दुइदशक अघिदेखि कर्णालीलाई नै आफ्नो कर्मथलो बनाएका थिए ।