काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेको छ । केहीले द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रचण्डले दबाव दिएको लेखेका छन् भने कुनैले सरकारले १ वर्षमा खरिद गरेको सवारीसाधनहरुको हिसाब निकालेको छ ।
त्यस्तै, दूरसञ्चार सेवा प्रदायकको वक्यौता, धरान नगरपालिकाको बजेट दुरुपयोग, सेनाभित्रको आर्थिक चलखेललगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।