कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई (कोभिड­१९ ) को सक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले बिहिवार जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

विज्ञप्तीमा भनिए अनुसार, प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोरोना भाइरस कोभिड १९ को लक्षण देखिएको पछि परीक्षण गर्दा सक्रमण पुष्टि थियो ।

कर्मचारीमा सक्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पि.सि.आर. परीक्षण गर्दा प्रदेश प्रमुखलाई पनि कोभिड­१९ को संक्रमण भएको पुष्टि भएको बताईएकबो छ ।

हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि होम आइसोलेसनमा बसेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।