
सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश कुमार सापकोटाको जित सुनिश्चित देखिएको छ । लगातार उनले आफ्नो अग्रता कायम राखेका छन् । हालसम्मको मतगणना अनुसार उनी ७ हजार मतान्तरले अघि छन् ।
पछिल्लो मतपरिणाम अनुसार सापकोटाले १८ हजार ५४९ मत प्रापत गरेका छन् । नेपाली कांग्रेसका नारायण कोइरालाले ११ हजार ५ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै ८ हजार ५५७ मत ल्याएर नेकपा एमालेका कुलमणि देवकोटा तेस्रो स्थानमा छन् । यता नेकपाका झकबहादुर मल्लले ३ हजार ५८१ मत प्राप्त गरेका छन् ।