
सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्र स्थानमा आइपुगेको छ । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा अनुसार रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एमाले, कांग्रेस र नेकपामा उम्मेदवारलाई पछि पार्दै १६ सय ६६ मतका साथ अग्रता लिनुभएकउो हो ।
कुल पाँच हजार ८७ मत गणना हुँदा नेकपा एमालेका कुलमणि देवकोटाले १५ सय ९९, नेपाली कांग्रेसका नारायण कोइरालाले १२ सय ९३ र नेकपाका झकबहादुर मल्लले आठ सय ६९ मत प्राप्त गरेका छन् ।